Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

दैनिकी न्यूज

२४, फाल्गुण २०७९
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
images

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ४ धुम्बराही बस्ने काभ्रे पाँचखाल नगरपालिका–१ घर भएका ४३ वर्षीय धन बहादुर तामाङको लामा खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा धन बहादुरसमेत १० जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त महारागंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९४ हजार ५५ रुपैयाँ र १२ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण २४, २०७९ बुधवार - २०:००:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology