Logo

आइतवार, श्रावण २४ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा भक्तपुरबाट १६ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा भक्तपुरबाट १६ जना पक्राउ

दैनिकी न्यूज

९, चैत्र २०७९
जुवातास खेलिरहेको अवस्थामा भक्तपुरबाट १६ जना पक्राउ
images

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका वडा नं. १ लोकन्थलीस्थित काठमाडौं सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका(९ घर भई काठमाडौं नरेफाँट बस्ने ३९ वर्षीय दिलिप गिरीको मझेरी क्याफेमा जुवातास खेलिरहेको अवस्थामा गिरी समेत १६ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ४२ हजार ८ सय ५० रुपैयाँ, भारतीय रूपैयाँ ४८ हजार ५ सय र १६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :चैत्र ९, २०७९ बिहिवार - १५:१६:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology