Logo

आइतवार, श्रावण २४ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

दैनिकी न्यूज

२०, आषाढ २०८०
जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
images

काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा विभिन्न ठाउँबाट १२ जना पक्राउ गरेको छ ।

काठमाडौं, कीर्तिपुर नगरपालिका–८ पाँगा चारघरे बस्ने ४५ वर्षीय जयगणेश महर्जनको टहरामा जुवातास खेलिरहेको अवस्थामा मकवानपुर हेटौंडा उपमहानगरपालिका–७ घर भई काठमाडौं कीर्तिपुर नगरपालिका–५ भत्केकोपाटी बस्ने ४२ वर्षीय रामशरण बोम्जन समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १७ हजार ९ सय ३५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

झापा, दमक नगरपालिका–४ पारिजात टोल बस्ने शेर बहादुर राईको घरमा जुवातास खेलिरहेको अवस्थामा राई समेत ७ जनालाई मगलबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको हो ।

दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :आषाढ २०, २०८० बुधवार - १२:४१:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology