Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

दैनिकी न्यूज

२०, आषाढ २०८०
जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
images

काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा विभिन्न ठाउँबाट १२ जना पक्राउ गरेको छ ।

काठमाडौं, कीर्तिपुर नगरपालिका–८ पाँगा चारघरे बस्ने ४५ वर्षीय जयगणेश महर्जनको टहरामा जुवातास खेलिरहेको अवस्थामा मकवानपुर हेटौंडा उपमहानगरपालिका–७ घर भई काठमाडौं कीर्तिपुर नगरपालिका–५ भत्केकोपाटी बस्ने ४२ वर्षीय रामशरण बोम्जन समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १७ हजार ९ सय ३५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

झापा, दमक नगरपालिका–४ पारिजात टोल बस्ने शेर बहादुर राईको घरमा जुवातास खेलिरहेको अवस्थामा राई समेत ७ जनालाई मगलबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको हो ।

दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :आषाढ २०, २०८० बुधवार - १२:४१:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology