Logo

आइतवार, श्रावण २४ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा विभिन्न ठाउँबाट १६ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा विभिन्न ठाउँबाट १६ जना पक्राउ

दैनिकी न्यूज

९, श्रावण २०८०
जुवातास खेलिरहेको अवस्थामा विभिन्न ठाउँबाट १६ जना पक्राउ
images

काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा विभिन्न ठाउँबाट १६ जना पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नं. ७ गौशला लाहुरेटोल बस्ने सोलुखुम्बु घर भएका ४७ वर्षीय आङ्तु राईको घरमा जुवातास खेलिरहेको अवस्थामा राई समेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचानाको आधारमा प्रहरी वृत्त गौशलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८२ हजार ६ सय ७० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका वडा नं. १० सेफ फुड गार्डेन रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा भोजपुर आमचौक गाउँपालिका बस्ने ३५ वर्षीय राजेन्द्र श्रेष्ठ समेत ११ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ७ हजार ६ सय ४० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :श्रावण ९, २०८० मंगलवार - १३:०४:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology