Logo

आइतवार, श्रावण २४ गते २०८३

images

घट्यो सुनचाँदीको भाउ

घट्यो सुनचाँदीको भाउ

दैनिकी न्यूज

१२, श्रावण २०८०
घट्यो सुनचाँदीको भाउ
images

काठमाडौं । साताको अन्तिम कारोबार दिन (शुक्रबार) सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको छ।

बिहीबार भने सुनको भाउ महंगो भएको थियो । हिजो सुन तोलामा ८०० रुपैयाँले बढ्दा प्रतितोला एक लाख १३ हजार ५०० रुपैयाँ पुगेको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले बढेर १ हजार ४९० रुपैयाँमा किनबेच भएको थियो।

images
प्रकाशित मिति :श्रावण १२, २०८० शुक्रवार - ११:५०:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology