Logo

आइतवार, श्रावण २४ गते २०८३

images

इन्टरपोलबाट ‘रेड नोटिस'जारी भएका प्रतिवादीलाई नेपाल फिर्ता ल्याइयो

इन्टरपोलबाट ‘रेड नोटिस'जारी भएका प्रतिवादीलाई नेपाल फिर्ता ल्याइयो

दैनिकी न्यूज

१६, श्रावण २०८०
इन्टरपोलबाट ‘रेड नोटिस'जारी भएका प्रतिवादीलाई नेपाल फिर्ता ल्याइयो
images

काठमाडौं । इन्टरपोलबाट ‘रेड नोटिस' जारी भएका प्रतिवादी म्याग्दी साविक अर्मन गाविस–२ ठेगाना भएका २७ वर्षीय प्रकाश बिकलाई मलेशियाबाट सोमबार नेपाल फिर्ता ल्याइएको छ ।

पीडितसँग चिनजान गरी प्रेम सम्बन्धमा रहेको बखत विभिन्न बहानामा नग्न हुन बाध्य बनाई रेकर्ड गरेका नग्न भिडियो, फोटोहरु सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्ने, पीडितको आफन्तलाई पठाइदिने तथा पीडितले आफ्नो फेसबुक एकाउन्ट डिएक्टिभ गरेपछि निजको नाममा फेक एकाउन्ट बनाई ती सामग्री पोर्न साइटमा समेत अपलोड गरी चरित्र हत्या गरेको सम्बन्धि साइबर अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति जारी भएका बिकलाई नेपाल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाले ईन्टरपोल मलेशियासँग समन्वयमा नेपाल ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।

निज बिक वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेको साइबर ब्यूरो भोटाहिटीबाट अनुरोध प्राप्त भएबमोजिम बिकविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलासको लागि नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको अनुरोधमा २०७८ माघ २४ गते ईन्टरपोल महासचिवालयबाट ‘रेड नोटिस' जारी गरिएको थियो ।

बिकलाई आवश्यक कानुनी कारबाहीका लागि साइबर व्यूरो भोटाहिटीमा बुझाइएको इन्टरपोल शाखाले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण १६, २०८० मंगलवार - १९:२६:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology