Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुनचाँदीको कारोबार बढ्न थाल्यो

सुनचाँदीको कारोबार बढ्न थाल्यो

दैनिकी न्यूज

२३, कार्तिक २०८०
सुनचाँदीको कारोबार बढ्न थाल्यो
images

काठमाडौं। तिहार नजिकिँदै गर्दा बजारमा सुनचाँदीको कारोबार बढ्न थालेको छ । चाडपर्वका बेला ग्राहकले नयाँ गहना किन्ने भएकाले पनि सुनचाँदीको कारोबार बढ्न थालेको छ । सामान्य अवस्थामा दैनिक १० किलो सुन बिक्री हुने गरेकामा अहिले २० किलोमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले विगतका वर्षजत्तिको व्यापार बढ्न नसके पनि अन्य समयको तुलनामा दुईरतीन दिनअघिदेखि सुनको कारोबार बढ्दै गएको जानकारी दिए ।

आर्थिक मन्दी र मूल्य बढेका कारण विगतका वर्ष सुनचाँदीको कारोबारमा ३० प्रतिशतले गिरावट आएको उनले जानकारी दिए । तिहारको समयमा उपभोक्ताले धनसम्पत्ति जोड्ने भएकाले बजार मागसमेत बढेको व्यवसायीको भनाइ छ । तिहार आउनै लाग्दा धनतेरस र लक्ष्मीपूजाको दिन झनै सुनचाँदीको कारोबार बढ्छ ।

गत वर्ष २५ देखि ३० किलो सुनको कारोबार हुने गरेकामा हाल आर्थिक मन्दीका कारण समग्र व्यापारमा गिरावट आएको उहाँको भनाइ छ । तिहार नजिकिँदै गर्दा न्युरोडका सुनचाँदी पसलमा सामान खरिद गर्ने ग्राहकको भिडभाड लाग्ने गरेको छ । उपभोक्ताले धनतेरस र लक्ष्मीपूजामा सुनचाँदी जोडेमा वर्षभरि धन आर्जन हुने विश्वास राख्छन् । चाडपर्वको समयमा सुनसँगै चाँदीको समेत कारोबार बढ्छ ।

तिहारलाई सुनभन्दा चाँदी धेरै खपत हुने चाडका रूपमा लिइन्छ । यो समयमा उपभोक्ताले पूजाआजाका लागि चाँदीको सामग्री किन्ने गर्छन् । सोही कारण पछिल्लो समय दैनिक छ सय किलो धेरै चाँदी बिक्न थालेको महासङ्घको भनाइ छ । बजारमा सुनको मूल्य प्रतितोला एक लाख १४ हजार रुपियाँ रहेको छ ।

गत असोज महिनादेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएको थियो । गत कात्तिक १२ मा प्रतितोला एक लाख १७ हजार रुपियाँ पुगेको सुनको मूल्य गत सातादेखि क्रमिक रूपमा घट्दै गएको छ । यस्तै चाँदी प्रतितोला एक हजार ३८५ रुपियाँ रहेको छ । आजको गोरखापत्र दैनिकबाट

images
प्रकाशित मिति :कार्तिक २३, २०८० बिहिवार - ०७:३४:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology