Logo

सोमवार, श्रावण २५ गते २०८३

images

स्कुटर दुर्घटनामा परी एक युवतीको मृत्यु

स्कुटर दुर्घटनामा परी एक युवतीको मृत्यु

दैनिकी न्यूज

२८, कार्तिक २०८०
स्कुटर दुर्घटनामा परी एक युवतीको मृत्यु
images

काठमाडौं । माइतीघर मण्डलबाट सिंहदरबार दक्षिण गेटतर्फ जाँदैगरेको बा ५७ प ७३५९ नम्बरको स्कुटर दक्षिण गेट नजिक अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा स्कुटर चालक ईलाम घर भई हाल काठमाडौँ महानगरपालिका–१० थापागाउँ बस्ने २३ वर्षीया रितु सुवेदीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आइतबार भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा सोमबार मृत्युभएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए ।

images
प्रकाशित मिति :कार्तिक २८, २०८० मंगलवार - ०८:५६:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology