ललितपुर । ललितपुर जिल्लामा जुवातास खेलीरहेको अवस्थामा प्रहरीले ८ जना जुवाडे पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका वडा नं. १५ स्थित क्लासिक टावरमा मंगलबार साँझ प्रहरीले छापा मारेर ८ जुवाडे करिब १७ लाख नगद सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा हेमकुमार लावती, सरोज लिम्बू, विरोस लिम्बु, अष्टमान लामा, सरोज प्रसाद आचार्य, प्रकाश काफ्ले, रेमकुमार लिम्बू र सन्जिप महर्जन रहेका छन् । लावती नेपाल आर्मीका पूर्व जर्नेलसमेत हुन् । प्रहरी स्रोतका अनुसार, पूर्वजर्नेल लावतीले पछिल्ला समय नियमित रुपमा जुवा खेल्दै खेलाउँदै आएका थिए ।
प्रहरीले उनीहरूबाट १६ लाख ८२ हजार ५०० नगद, ८ बुक तास सहित ८ जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरबाट गएको २५ जना प्रहरी टोलीले ती जुवाडेलाई नियन्त्रणमा लिएको थियो । जुवातास खेल्ने क्लासिक टावर वृत्त सातदोबाटोको एरिया हो ।
प्रहरीले विशेष सूचनाका आधारमा पक्राउ गरिएको र पक्राउ परेका विरुद्ध जुवा ऐन अन्तर्गत कारवाही हुने प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस
नौ लाख नगदसहित १० जुवाडे ललितपुरको लेलेबाट पक्राउ, ७ दिनको म्याद थप
ललितपुरको टाखेलबाट ८ जना जुवाडे पक्राउ