Logo

सोमवार, श्रावण २५ गते २०८३

images

पोखरातर्फ जाँदै गरेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३४ जना घाइते

पोखरातर्फ जाँदै गरेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३४ जना घाइते

दैनिकी न्यूज

१३, मंसिर २०८०
पोखरातर्फ जाँदै गरेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३४ जना घाइते
images

तनहुँ । ब्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार बिहान बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । धनकुटाबाट मुग्लिनहुँदै पोखरातर्फ जाँदै गरेको ग १ ख ७८९५ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो ।

मृत्यु हुनेहरूमा धनकुटा सागुरीगढी गाउँपालिका-९ बस्ने ४५ वर्षीय हस्त राई र अन्दाजी ५५ वर्षीय पुरूष रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका राईको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पताल र पुरूषको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

अन्य घाइतेमध्ये ५ जनाको दमौली अस्पताल र १९ जनाको रत्नहरी मेमोरियल अस्पतालमा उपचार भइरहेको छ भने ९ जनालाई थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल रिफर गरिएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने १ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।

दुर्घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :मंसिर १३, २०८० बुधवार - २१:२८:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology