Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

नेपाल प्रहरीको नयाँ आईजीपीमा दीपक थापा

नेपाल प्रहरीको नयाँ आईजीपीमा दीपक थापा

दैनिकी न्यूज

५, चैत्र २०८१
नेपाल प्रहरीको नयाँ आईजीपीमा दीपक थापा
images

काठमाडौं । नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरीको ३१ औं महानिरीक्षकमा नियुक्त गरेको हो ।

आईजीपी वसन्त बहादुर कुँवर अवकासमा गएपछि सरकारले थापालाई महानिरीक्षकमा नियुक्त गरेको छ । थापा हालः केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) प्रमुख हुन् । उनी विसं २०५२ भदौ १९ गते प्रहरी सेवामा प्रवेश गरेका हुन् ।

महानिरीक्षक बन्ने होडमा थापासँगै सुदीप गिरी र टेकबहादुर तामाङ पनि थिए । थापा, गिरी र तामाङ एकै ब्याचमा भर्ना भए पनि थापा एआइजी पदमा बढुवा हुँदा प्रहरी महानिरीक्षक कुँवरसँगै बढुवा भएका थिए । यस अनुसार एआइजीको वरियतामा उनी पहिलो नम्बरमा थिए ।

२६ फागुन २०७९ मा एआइजीमा सिफारिस भएका थापालाई ६ चैत २०७० को मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा गरेको थियो । थापा एआइजी भएको दुई साता पछि गिरी र तामाङ एआइजीमा बढुवा भएका थिए ।

images
प्रकाशित मिति :चैत्र ५, २०८१ मंगलवार - ०७:०१:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology