काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमको मूल्यांकन समितिको सोमबार बसेको बैठकले भारतको इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट १५ अप्रिल २०२५ (बैशाख २ गते) प्राप्त मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ घटाएर १७१.५० रुपैयाँ कायम गरेको छ।
यसैगरी डिजेल र मट्टितेल दुबैको मूल्य ३ रुपैयाँ घटाई १६१.५० रुपैयाँ प्रतिलिटर कायम गरिएको छ। नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि लागू गरिएको हो।