Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो

दैनिकी न्यूज

१०, बैशाख २०८३
सुनचाँदीको भाउ घट्यो
images

काठमाडौं । आज (विहीबार) पनि सुनचाँदीको भाउ घटेको छ। बुधबार घटेको सुनचाँदीको भाउ आज पनि घटेको हो।

सुनको भाउ तोलामा १८ सय रुपैयाँ घटेर २ लाख ९८ हजार ७०० मा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार तोलामा आठसय रुपैयाँ घटेर सुनको भाउ ३ लाख ५ सय कायम भएको थियो।

त्यसअघि गएको मंगलबार सुनको भाउ तोलामा १६ यस रुपैयाँ बढेको थियो।

त्यसैगरि आज चाँदीको भाउ पनि तोलामा ११० रुपैयाँ घटेर ५ हजार २० रुपैयाँमा झरेको छ। हिजो पनि चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको थियो।

गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो भाउ हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको भाउ तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको भाउमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो भाउ अहिलेसम्मकै सबैभन्दा बढी हो।

images
प्रकाशित मिति :बैशाख १०, २०८३ बिहिवार - ११:५८:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology