Logo

आइतवार, श्रावण २४ गते २०८३

images

घट्यो सुनचाँदीको भाउ

घट्यो सुनचाँदीको भाउ

दैनिकी न्यूज

१५, आषाढ २०८३
घट्यो सुनचाँदीको भाउ
images

काठमाडौं । नेपाली बजारमा सुन तथा चाँदी दुवैको भाउ घटेको छ । आइतबार एकैदिन प्रतितोला ५ हजार ७ सय रुपैयाँले उकालो लागेको सुन सोमबार भने प्रतितोला एक हजार ४ सय रुपैयाँले घट्दै दुई लाख ८२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला दुई लाख ८३ हजार आठ सय रुपैयाँ पुगेको छापावाल सुनको मूल्य सोमबार केही घटेर दुई लाख ८२ हजार चार सय रुपैयाँ कायम भएको हो ।

चाँदीको भाउमा पनि सामान्य गिरावट देखिएको छ । आइतबार प्रतितोला चार हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १५ रुपैयाँले घटेर चार हजार तीन सय १० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ १५, २०८३ सोमवार - १२:४२:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology