Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ट्राफिक प्रहरीलाई रोटरी क्लवद्वारा स्वास्थ्य सामग्री सहयोग

ट्राफिक प्रहरीलाई रोटरी क्लवद्वारा स्वास्थ्य सामग्री सहयोग

दैनिकी न्यूज

१६, जेठ २०७७
ट्राफिक प्रहरीलाई रोटरी क्लवद्वारा स्वास्थ्य सामग्री सहयोग
images

काठमाडौं, जेठ १६ । कोरोना महामारीको रोकथाम र नियन्त्रणमा जुटिरहेका ट्राफिक प्रहरीलाई रोटरी क्लब, पशुपतिले स्वास्थ्य साम ग्री प्रदान गरेको छ ।

महाशाखामा आज एक कार्यक्रमवीच रोटरी क्लबका अध्यक्ष हर्क साउदले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाललाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

महाशाखा प्रमुख ढकालले कोरोना भाइरसको जोखिमबाट बच्न नेपाल सरकारले लागू गरेको लकडाउनलाई कडाईका साथ पालना गराउन अग्रपङ्तिमा रही आम नागरिकको सेवा र सुरक्षामा सक्रिय रूपमा ट्राफिक प्रहरी खटिएको बताए । उनले यस बिषम परिस्थितीमा ट्राफिक प्रहरीलाई उक्त स्वास्थ्य सामग्रीले कोरोना संक्रमणको जोखिमबाट बच्नको लागि महत्वपूर्ण भुमिका खेल्नुका साथै थप हौसला र उच्च मनोबल समेत मिल्ने भएकोले रोटरी क्लब, पशुपतिले गरेको सहयोग एवम् सदभावप्रति विशेष धन्यवाद दिए ।

कार्यक्रममा रोटरी क्लबका अध्यक्ष हर्क साउदले माहामारीको यस घडीमा नागरिकको सेवामा अहोरात्र खटिने ट्राफिक प्रहरीलाई संक्रमणको जोखिमबाट बच्न र काम गर्ने मनोबल थप उच्च हुने बिश्वासका साथ स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

आगामी दिनमा पनि ट्राफिक प्रहरीलाई यस्तै सहयोग एवम् सहकार्य गरी निरत्तर अगाडि बढ्न क्लव तत्पर रहेको उनले उल्लेख गरे ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठका अनुसार उक्त रोटरी क्लवबाट प्राप्त केएन ९५ मास्क १ हजार ५ सय थान र २७.५ लिटर सेनिटाईजर महाशाखालाई प्राप्त भएको छ । उक्त सामग्रीहरू सम्पूर्ण ट्राफिक प्रहरीलाई वितरण गरिने बताए ।

कार्यक्रममा प्रहरी अधिकृतहरु तथा रोटरी क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :जेठ १६, २०७७ शुक्रवार - १६:५२:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology