Logo

आइतवार, श्रावण २४ गते २०८३

images

१२ दिन थपियो लकडाउन

१२ दिन थपियो लकडाउन

दैनिकी न्यूज

१७, जेठ २०७७
१२ दिन थपियो लकडाउन
images

काठमाडौं, जेठ १७ । सरकारले १२ दिन लकडाउन थप गरेको छ । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रपिरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि जेठ २० गतेसम्मको लागि लकडाउन गरिएको थियो । चैतको ११ गतेदेखि गरिएको लकडाउन कोरोना संक्रमित दैनिक बढ्न थालेपछि लकडाउनको अवधी बढाउँदै लगिएको छ ।

मन्त्रीपरिषद् बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो ।

हालसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ हजार ४ सय १ पुगेको छ । हालसम्म ५३ जिल्लामा कोरोना भाइरस फैलिएको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

images
प्रकाशित मिति :जेठ १७, २०७७ शनिवार - २१:११:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology