Logo

आइतवार, श्रावण २४ गते २०८३

images

र्‍यापिड परीक्षणको नतिजा ल्याएपछिमात्र किस्टकी नर्सले कोठामा बस्न पाउने !

र्‍यापिड परीक्षणको नतिजा ल्याएपछिमात्र किस्टकी नर्सले कोठामा बस्न पाउने !

दैनिकी न्यूज

१७, जेठ २०७७
र्‍यापिड परीक्षणको नतिजा ल्याएपछिमात्र किस्टकी नर्सले कोठामा बस्न पाउने !
images

ललितपुर । ग्वार्काेस्थित किष्ट मेडिकल कलेजमा कार्यरत नर्स हिरा मगरलाई र्‍यापिड परीक्षण रिपोर्ट ल्याएपछि मात्र उनको कोठामा बस्न दिने  सहमती भएको छ ।

डडेलधुरा घर भएकी २४ वर्षीया मगर किष्ट अस्पतालको एन आई सि यू (वच्चाको आईसियूमा) कक्षमा कार्यरत रहेको बताइन । बुङ्मतीका ५७ वर्षीय पुरुषको किष्टमा कोरोना सङ्क्रमण भएर मृत्यु भएपछि रात्री डुयटी सकाएर घर फर्किएकी उनलाई स्थानीयले कोठामा बस्न रोकेका थिए । 

स्थानीयले अवरोध गरेपछि उनी अस्पतालको एम्बुलेन्समा किस्ट नै फर्केर रात विताएको उनले बताईन ।

प्रहरी, जनप्रतिनिधि, किस्ट अस्पतालका प्रतिनिधिबीच शनिबार भएको छलफलमा उनलाई टोलवासीले र्‍यापिड परीक्षणको नतिजा नेगेटिभ लिएर आए कोठामा बस्न दिइने सहमति गरेका छन् । 

यसो भन्छिन नर्स हिरा

 “बिहिबार पनि २४ घण्टा सेवा गर्ने कुरा अघि बढेपछि “म अस्पतालमै बसे ।” टोलवासीले किष्टमा बुङ्मतीका मानिसको मृत्यु भएको कुराको हल्ला सुनेपछि मेरो भाइलाई “तिम्रो दिदीलाई यहाँ बस्न नदिने भनेछन् ।” मलाई भाइले फोन गरेर बतायो । मैले यहाँ बस्दा सङ्क्रमणको डर हुने भएका कारण “गएर सेल्फ क्वारेन्टाइनमा बस्ने निधो गरे ।” मलाई बहालमा बस्ने माथिका दाइहरुले पनि सुरक्षा अपनाएर आउन आग्रह गरे । “मैले हिजो वडाध्यक्षलाई फोन गरे ।” उनले आएर १४ दिन क्वारेन्टाइनमा बस्न भने । म गएर ५ बजेतिर कोठामा पसे । म कोठामा बसेको लगभग एक देखि डेढ घण्टामा टोलका २५ देखि ३० जना मानिस आएर मलाई सो बहालको घरमा नराख्ने भने ।

त्यहाँ प्रहरी पनि आइपुग्यो । प्रहरीले आएर टोलवासीलाई सम्झाए । टोलवासीले नमानेपछि “म अस्पताल फर्कन बाध्य भएँ ।” अस्पतालको एम्बुलेन्समा हिजो म अस्पतालनै आएँ । अस्पतालमा बस्दा मलाई पनि कोरोना सङ्क्रमण होला भन्ने डर छ । कि त ! मलाई अस्पतालले नै १४ दिन क्वारेन्टाइनको व्यवस्था गरिदिनुपर्याे । कि त ! वडाले यसको व्यवस्था गरिदिनुपर्याे भन्ने मेरो माग रहेको छ ।

मसँग मेरो १८ वर्षीय भाइ पनि सँगै बस्छ । हामी एक फ्लयाटमा दुई कोठा लिएर बसेका छाँै । कोरोना सङ्क्रमण भएर मृत्यु भएका व्यक्तिको उपचारमा आफू नखटिएको मगरको भनाई छ । सो विषयमा आज यी नर्ससहित अस्पतालका प्रतिनिधि, प्रहरी र जनप्रतिनिधि र टोलवासीबिच छलफल भएको थियो । छलफल पछि पनि यी नर्स आज शनिवार समेत अस्पतालमै छन् । सो विषयमा भोली छलफलका लागि आफूलाई बोलाएको मगरले जानकारी दिइन ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी मित्रबन्धु शर्माका अनुसार गृह मन्त्रालयको निर्देशन बमोजिम ती नर्सलाई उनकै कोठामा जसरी पनि राख्ने बताए ।

 

यो पनि पढ्नुहोस

किस्ट अस्पतालकी नर्सलाई कोठामा जान रोक, अस्पतालमै विताईन रात

शवदाह गृहको ताल्चा फोडेर संक्रमितको अन्त्येष्टि, शव वाहन नपाएर ट्रकमा

कोरोनाले एक जनाको मृत्यु भएपछि बुङमतिमा आवागमन प्रतिबन्ध !

विद्युतीय शव गृहमा गरियो बुङमतीका कोरोना संक्रमितको अन्त्येष्टि

कोरोनाबाट मृत्यु भएका ललितपुरका ५७ वर्षीय व्यक्तिको यसरी हुँदैछ अन्त्येष्टि

ललितपुरमा मृत्यु भएका ५७ वर्षीय पुरुषमा कहाँबाट सर्यो कोरोना ? किस्ट अस्पतालको भवन सील

ललितपुरमा कोरोना संक्रमण भएर ५७ वर्षीय पुरुषको मृत्यु

images
प्रकाशित मिति :जेठ १७, २०७७ शनिवार - २१:२४:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology