Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बिहीबार पनि ह्वात्तै बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिहीबार पनि ह्वात्तै बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२९, जेठ २०७७
बिहीबार पनि ह्वात्तै बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । बिहीबार सुन तोलामा १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार छापावाला सुनको भाउ प्रतितोला ८९ हजार ६ सय रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला ८९ हजार १ सय ६५ रुपैयाँ तोकेको छ ।

करिब साढे २ महीनापछि महासंघले आइतबारदेखि दैनिक नयाँ मूल्य सार्वजानिक गर्न थालेकोमा सो पश्चात लगातार तेस्रो दिन पनि सुनको भाउ बढेको हो । आइतबार १० हजार चार सय रुपैयाँ बढाएर नयाँ मूल्य तोकेको थियो भने त्यसपश्चात सोमबार एक सय रुपैयाँ, मंगलबार दुइ सय र बुधबार नौ सय रुपैयाँले बढेको थियो ।

बुधबार छापावाला सुनको भाउ प्रतितोला ८८ हजार ६ सय रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला ८८ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला ९ सय ५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । तर बुधबार चाँदी ९ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

2-29.PNG

images
प्रकाशित मिति :जेठ २९, २०७७ बिहिवार - ११:०४:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology