काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य एक सयले बढेको छ । आज सुन प्रतितोला ८९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य ८९ हजार ६ सयले कारोबार भएको थियो । त्यस्तै तेजावी सुन तोलाको ८९ हजार २ सय ६५ मा कारोबार भइरहेको छ ।

त्यसैगरि चाँदीको भाउ घटेको छ । आज चादीको तोलामा १० रुपैयाँले घटेर प्रति तोला ९२५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय सुनको भाउमा उछालको अवस्था देखिएको छ। कोरोनाभाइरस महामारीका कारण विश्व अर्थतन्त्र अधोगतिमा गएपछि लगानीकर्ताहरुले ‘लगानीको स्वर्ग’ मानिएको पहेँलो धातुमा सुरक्षित लगानी गर्ने क्रम बढेपछि भाउमा उछाल आएको हो।
विश्लेषकहरु सुनको भाउमा अचाक्ली बढोत्तरी हुनुले विश्व अर्थतन्त्र कहालीलाग्दो मन्दीतर्फ धकेलिएको संकेतका रुपमा बुझ्ने गर्छन्। विश्व बजारको त्यही प्रभाव नेपालको सुनचाँदी बजारमा समेत परेको हो।
यता नेपाल सुनचाँदी व्यवसायी महासंघले ६० अर्ब रुपैयाँ लगानी रहेको सुनचाँदी व्यवसाय कोरोनाको कारण धरापमा परेको बताएको छ।
व्यवसायलाई संकटबाट बचाउन सरकारले सहुलियतपुर्ण ऋण, ब्याज र दस्तुर मिनाहा लगायतको आर्थिक प्याकेज ल्याउनुपर्ने महासंघको भनाई छ। व्यवसायीले घर बहाल तिर्न, कर्मचारीलाई तलब दिन बैंकको किस्ता र ब्याज बुझाउन ठूलो कठिनाई उत्पन्न भएको बताएका छन्