Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बिहीबार सुनको भाउ स्थिर, चाँदीको बढ्यो

बिहीबार सुनको भाउ स्थिर, चाँदीको बढ्यो

दैनिकी न्यूज

४, आषाढ २०७७
बिहीबार सुनको भाउ स्थिर, चाँदीको बढ्यो
images

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । बुधबार छापावाल सुन प्रतितोला ८९ हजार ८ सयमा कारोबार भएको थियो भने आज (बिहीबार) पनि त्यहि मूल्य कायम भइ कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन तोलाको ८९ हजार ३ सय ६५ मा कारोबार भइरहेको छ ।

त्यसैगरि चाँदीको मूल्य आज प्रतितोला ५ रुपियाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ९३५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय सुनको भाउमा उछालको अवस्था देखिएको छ । कोरोनाभाइरस महामारीका कारण विश्व अर्थतन्त्र अधोगतिमा गएपछि लगानीकर्ताहरुले ‘लगानीको स्वर्ग’ मानिएको पहेँलो धातुमा सुरक्षित लगानी गर्ने क्रम बढेपछि भाउमा उछाल आएको हो ।

विश्लेषकहरु सुनको भाउमा अचाक्ली बढोत्तरी हुनुले विश्व अर्थतन्त्र कहालीलाग्दो मन्दीतर्फ धकेलिएको संकेतका रुपमा बुझ्ने गर्छन् । विश्व बजारको त्यही प्रभाव नेपालको सुनचाँदी बजारमा समेत परेको हो ।

images
प्रकाशित मिति :आषाढ ४, २०७७ बिहिवार - ११:०९:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology