Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

ललितपुरको सुनाकोठीकी एक महिला कोरोना संक्रमित

ललितपुरको सुनाकोठीकी एक महिला कोरोना संक्रमित

दैनिकी न्यूज

२३, आषाढ २०७७
ललितपुरको सुनाकोठीकी एक महिला कोरोना संक्रमित
images

ललितपुर । ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. २७ मा एक जना महिलामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भेटिएको छ ।

सुनाकोठी ओखड स्थायी घर भएका वर्ष ३२ की महिला कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय स्रोतले बतायो । ती महिला मेडिसिटी हस्पिटल नख्खुमा नर्सका रुपमा कार्यरत रहेका छन् । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।

ती संक्रमित महिलाको असार १९ गते स्वाब संकलन गरी परीक्षण गर्दा आज पोजिटिभ देखिएको हो ।

images
प्रकाशित मिति :आषाढ २३, २०७७ मंगलवार - १८:००:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology