ललितपुर । मंगलबार ललितपुरमा १० जना कोरोना संक्रमित थपिएका छन् । आज दक्षिण ललितपुरमा अवस्थित महांकाल गाउँपालिकामा एक पुरुष कोरोना संक्रमित भेटिएसँगै सबै स्थानीय तहमा कोरोना संक्रमित भेटिएको हो ।
आज महाकांल गाउँपालिका वडा नं. ३ गोटीखेलका २६ वर्षको पुरुषमा कोरोना पोजिटिभ देखिएको छ ।
आज ललितपुरमा १० जना थपिएसँगै ललितपुर जिल्लामा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ, ती मध्ये २ जनाको मृत्यू समेत भएको छ ।
हेर्नुहोस मंगलबारका कोरोना संक्रमितको सूचि
१. ललितपुर महानगरपालिका धोवीघाटका ३३ वर्षको महिला
२. गोदावरी नगरपालिका चापागाउँका ३० वर्षको महिला
३. गोदावरी नगरपालिका चापागाउँका ५२ वर्षको पुरुष
४. ललितपुर महानगरपालिका कुपण्डोलका ३९ वर्षका पुरुष
५. ललितपुर महानगरपालिका ग्वार्कोका ५९ वर्षका पुरुष
६. ललितपुर महानगरपालिका योङ्गु बहालका २२ वर्षका महिला
७. महांकाल गाउँपालिका वडा नं. ३ गोटीखेलका २६ वर्षका पुरुष
८. ललितपुर महानगरपालिका भैसेपाटीका २७ वर्षका पुरुष
९. गोदावरी नगरपालिका गोदावरीका ४१ वर्षका पुरुष
१०. गोदावरी नगरपालिका ठेचाका २४ वर्षका पुरुष
कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा बुंगमतीको ५७ वर्षिय पुरुष र टीकाथलीको ५० वर्षिय पुरुष रहेका छन् ।
सोमबार २२ जना संक्रमित
सोमबार ललितपुरमा २२ जना कोरोना संक्रमित भेटिएको थियो । सोमबार थपिएका संक्रमितहरुमा १० जना पुरुष र १२ जना महिला रहेको थिए । महालक्ष्मी नगरपालिकामा २ महिला र १ पुरुषमा गरी ३ जना, गोदावरी नगरपालिकामा ३ पुरुष र २ महिलामा गरी ५ जना र ललितपुर महानगरका ६ पुरुष र ८ महिलामा गरी १४ जना कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
हेर्नुहोस् सूचि
१. ललितपुर महानगरपालिका वडा नं. ५ महालक्ष्मीस्थानका ३९ वर्षको पुरुष
२.ललितपुरका ४८ वर्षको पुरुष
३. महालक्ष्मी नगरपालिका वडा नं. ८ लुभुका ४९ वर्षका पुरुष
४. ललितपुर महानगरपालिका वडा नं. २ सानेपाका वर्ष ३२ को पुरुष
५. ललितपुरका ३५ वर्षकी महिला
६. गोदावरी नगरपालिका वडा नं. १४ ठैवका २२ वर्षका पुरुष
७. गोदावरी नगरपालिका वडा नं. १ गोदामचौरका १८ वर्षका पुरुष
८. ललितपुर महानगरपालिका सुनाकोठीका १३ वर्षको पुरुष
९. ललितपुर महानगरपालिका वडा नं. ५ महालक्ष्मीस्थानका ३२ वर्षको महिला
१०.ललितपुर महानगरपालिका धापाखेलका ४५ वर्षको महिला
११. ललितपुर महानगरपालिका हरिसिद्धिका २० वर्षको महिला
१२. ललितपुर मेडिसिटीका ५८ वर्षका पुरुष
१३. ललितपुर महानगरपालिका सुनाकोठीका ३२ वर्षको महिला
१४. महालक्ष्मी नगरपालिकाका २६ वर्षको महिला
१५. ललितपुर महानगरपालिका हरिसिद्धका ३७ वर्षको महिला
१६. गोदावरी नगरपालिका वडा नं. ३ गोदावारीका १९ वर्षको पुरुष
१७. ललितपुर महानगरपालिका हात्तीवन ४८ वर्षको महिला
१८. ललितपुर महानगरपालिका बुंगमतीका ४५ वर्षिय पुरुष
१९. गोदावरी नगरपालिका चापागाउँ, वडा नं. ११, शेराफाँटका २७ वर्षको पुरुष
२०. ललितपुर महानगरपालिका भैसेपाटीका ९ वर्षको पुरुष
२१. गोदावरी नगरपालिका चापागाउँ, वडा नं. ११, शेराफाँटका २५ वर्षको महिला
२२. महालक्ष्मी नगरपालिका वडा नं. ८ लुभुका १८ वर्षको महिला