Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बुधबार २५५ कोरोना संक्रमित थपिए, काठमाडौंमा १६, ललितपुरमा ७ जना थपिए

बुधबार २५५ कोरोना संक्रमित थपिए, काठमाडौंमा १६, ललितपुरमा ७ जना थपिए

दैनिकी न्यूज

२४, आषाढ २०७७
बुधबार २५५ कोरोना संक्रमित थपिए, काठमाडौंमा १६, ललितपुरमा ७ जना थपिए
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ६९६ जनामा पिसीआर परीक्षणमा २५५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ ।

आज राष्ट्रिय प्रयोग शाला टेुकको परीक्षणमा काठमाडौंमा ६, पाटन हस्पिटलका गरिएको परीक्षणमा काठमाडौंका १० जना र ललितपुरका ७ कोरोना संक्रमित देखिएका छन् ।

मन्त्रालयका अनुसार सोमबार देशभर २५ हजार ४० जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ८ हजार ६३६ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

आज २ सय ५३ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या ७ हजार ७५२ जना पुगेको छ । नेपालका ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

images
प्रकाशित मिति :आषाढ २४, २०७७ बुधवार - १६:२८:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology