Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बुधबार ललितपुर महानगर, महालक्ष्मी नगरपालिका र कोन्ज्योसोममा कोरोना संक्रमित भेटिए, को हुन् उनीहरु ?

बुधबार ललितपुर महानगर, महालक्ष्मी नगरपालिका र कोन्ज्योसोममा कोरोना संक्रमित भेटिए, को हुन् उनीहरु ?

दैनिकी न्यूज

२४, आषाढ २०७७
बुधबार ललितपुर महानगर, महालक्ष्मी नगरपालिका र कोन्ज्योसोममा कोरोना संक्रमित भेटिए, को हुन् उनीहरु ?
images

काठमाडौं । बुधबार ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका र कोन्ज्योसोम गाउँपालिकामा ७ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य जना जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्टि गरेको हो । ७ जना संक्रमित थपिएसँगै ललितपुरमा कोरोना संक्रमितको संख्या ५९ जना पुगेका छन् । संक्रमित मध्ये बुंगमतीका ५७ वर्षिय पुरुष र टीकाथलीका ५० वर्षिय पुरुषको निधन भएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार बुधबार ललितपुरका साढेसात वर्षका बालकदेखि ५५ वर्षका महिला संक्रमित भएका छन् ।

हेर्नुहोस सूचि
१. ललितपुर महानगरपालिका पाटन बस्ने २६ वर्षका पुरुष
२. कोन्ज्योसोम गाउँपालिका चौघरे बस्ने साढे ७ वर्षका बालक
३. ललितपुर महानगरपालिका वडा नं. २० डुपाट बस्ने वर्ष ३२ का पुरुष
४. ललितपुर महानगरपालिका बुंगमतीका १९ वर्षिय महिला
५. महालक्ष्मी नगरपालिकाका ३६ वर्षिय पुरुष
६. महालक्ष्मी नगरपालिका, वडा नं. ८, लुभुका ५५ वर्षिय महिला
७. ललितपुर महानगरपालिका, वडा नं. ८, लुभुका ३२ वर्षका पुरुष

 

images
प्रकाशित मिति :आषाढ २४, २०७७ बुधवार - १७:०१:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology