Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरका ५ कोरोना संक्रमित ६ दिनपछि सार्वजनिक

ललितपुरका ५ कोरोना संक्रमित ६ दिनपछि सार्वजनिक

दैनिकी न्यूज

२९, आषाढ २०७७
ललितपुरका ५ कोरोना संक्रमित ६ दिनपछि सार्वजनिक
images

ललितपुर । कोरोना संक्रमण पुष्टि भएको ६ दिनपछि ललितपुरका संक्रमितको विवरण सार्वजनिक भएको छ ।

ललितपुरको इमाडोल स्थिति किष्ट मेडिकल कलेज, अस्पतालमा उपचाररत ५ जना संक्रमितको विवरण ६ दिनसम्म गोप्य राखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार संक्रमित पाँचै जनाको विवरण सार्वजनिक गरेको हो । जिल्लाका संक्रमित लुकाएको बारेमा असार २४ गते दैनिकीन्युजले समाचार लेखेको थियो ।

किष्ट अस्पतालले पनि स्वास्थ्य कार्यालय ललितपुरलाई पत्र पठाई ती संक्रमितहरुको अवस्था के कस्तो छ भनी जानकारी मागेको थियो ।

स्वास्थ्य कार्यालय ललितपुरले बाध्य भई सोमबार संक्रमित ५ जनाको विवरण मन्त्रालय पठाएपछि नियमित प्रेस व्रिफिङमा जिल्लामा ५ जना संक्रमित रहेको जानकारी दिइएको हो । मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले संक्रमितहरुको पुष्टि गरे ।

यसैबीच जिल्लामा संक्रमितको जानकारी नदिएको विषयमा समेत ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टलाई जानकारी गराइएको थियो । सोमबारदेखि जिल्लाका संक्रमित बारेमा जानकारी दिन सुरु गरिएको छ ।

 

यो पनि पढ्नुहोस

आज ललितपुरको आश्राङ र सिद्धिपुरमा पनि देखियो कोरोना संक्रमित (हेर्नुहोस सूचि)

ललितपुरमा कोरोना संक्रमित कति ? मन्त्रालय र प्रदेशको तथ्यांक मिलेन

ललितपुरमा एकैदिन देखिएका १८ संक्रमितको विवरण सरकारले लुकायो

किस्ट अस्पतालका चार जना विरामीमा देखियो कोरोना, संक्रमित सबै ललितपुरका (सूचिसहित)

किष्ट हस्पिटलमा उपचाररत एक महिलामा कोरोना देखियो, आइसोलेसनमा उपचार

images
प्रकाशित मिति :आषाढ २९, २०७७ सोमवार - १८:४१:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology