Logo

आइतवार, श्रावण २४ गते २०८३

images

काठमाडौं उपत्यकामा संक्रमितको संख्या ३५४

काठमाडौं उपत्यकामा संक्रमितको संख्या ३५४

दैनिकी न्यूज

३०, आषाढ २०७७
काठमाडौं उपत्यकामा संक्रमितको संख्या ३५४
images

काठमाडौं । काठमाडौं उपत्यकामा हालसम्म ३ सय ५४ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । काठमाडौंमा २ सय ३४, ललितपुरमा ७५ र भक्तपुरमा ४५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार काठमाडौंमा तीन, ललितपुरमा पाँच र भक्तपुरमा एक जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १६ हजार ९ सय ४५ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये १० हजार २ सय ९४ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । सोमबार मात्रै देशभर १ सय ४४ जनालाई संक्रमण देखिएको छ ।

संक्रमितमध्ये अधिकांश लक्षणविहीन रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, सोमबार मात्रै ५ हजार ८ सय ५६ जनाको पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । हालसम्म २ लाख ८९ हजार ३ सय ७१ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, २३ हजार ४ सय ७० जना क्वारेन्टिनमा छन् । हालसम्म सक्रिय संक्रमित ६ हजार ६ सय १३ रहेको र उनीहरू आइसोलेसनमा उपचाररत छन् । संक्रमितमध्ये ३८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राजधानी दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :आषाढ ३०, २०७७ मंगलवार - ०६:३१:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology