सुर्खेत । कर्णाली प्रदेशसभाका एकजना सदस्यमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कांग्रेसबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने एक सांसदलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार साँझ ती सांसदमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेशसभाको बर्खे अधिबेशन सकिन लागेपछि आफ्नो निर्वाचन क्षेत्र जान आइतबार पीसीआर परीक्षणका लागि स्वाब दिएका उनको रिपोर्ट पोजेटिभ आएको हो ।
उनको स्वाबको सोमबार सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गरिएको थियो ।
सांसदको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमित भएका सांसद स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा सेल्फ आइसोलेसनमा बसेका छन् ।