Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कोरोना संक्रमणबाट धरानमा एक संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट धरानमा एक संक्रमितको मृत्यु

दैनिकी न्यूज

२, श्रावण २०७७
कोरोना संक्रमणबाट धरानमा एक संक्रमितको मृत्यु
images

काठमाडौं । वीपी प्रतिष्ठान धरानमा उपचार गराइरहेका एक कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। बुधबार स्वास्थ्य समस्या आएपछि भर्ना भएका सप्तरी राजबिराज नगरपालिका वडा नम्बर १ का ७३ वर्षीय बृद्धको मृत्यु भएको हो। उनमा मुटु, उच्च रक्तचाप र मधुमेह रोगको समस्या रहेको प्रतिष्ठानले जनाएको छ।

कोभिड १९ सँग मिल्दोजुल्दो लक्षणहरू देखिएपछि उनको स्बाव परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा सारिएको र उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमणबाट ४० जनाको मृत्यु भएको छ ।

 

images
प्रकाशित मिति :श्रावण २, २०७७ शुक्रवार - १०:३५:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology