ललितपुर । आइतबार ललितपुरमा २ जना संक्रमित भेटिएका छन् । स्वास्थ तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्ट गरेका हुन् ।
आइतबार देखिएका संक्रमितमा ललितपुर महानगरपालिकाका २१ र २२ वर्षका दुई पुरुष रहेका छन् । उनीहरुको स्थायी ठेगाना भारत हो । साउन १ गते नेपाल आई ललितपुर महानरपालिका अन्र्गत अस्थायी बसोबास गर्दै आइरहेको स्वास्थ कार्यालय ललितपुरले जनाएको छ ।
हालसम्म ललितपुरमा ८२ जना संक्रमति भेटिएका छन्, जसमध्ये महिला ३६ जना र पुरुष ४६ जना रहेका छन् ।
