ललितपुर । सोमबार ललितपुरमा १ जना संक्रमित भेटिएका छन् । स्वास्थ तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्ट गरेका हुन् ।
सोमबार देखिएका संक्रमितमा ललितपुर महानगरपालिकाको धोविघाटका ४५ वर्षिय पुरुषमा कोरोना देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । ती संक्रमित १४ दिन अघि कुवेतबाट नेपाल आएका थिए ।
योसँगै ललितपुरमा ८३ जना संक्रमति भेटिएका छन्, जसमध्ये महिला ३६ जना र पुरुष ४७ जना रहेका छन् ।
ललितपुरको बंगमतीमा ५७ वर्षिय पुरुष र टीकाथलीमा ५० वर्षिय पुरुषको निधन भएको छ ।