Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

कोरोनाबाट महोत्तरीका ६० वर्षिय पुरुषको मृत्यू

कोरोनाबाट महोत्तरीका ६० वर्षिय पुरुषको मृत्यू

दैनिकी न्यूज

७, श्रावण २०७७
कोरोनाबाट महोत्तरीका ६० वर्षिय पुरुषको मृत्यू
images

काठमाडौं । कोराना भाइरस (कोभिड–१९) को संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका वडा नं. ३ का ६० वर्षीय एक बृद्धको मंगलबार कोरोनाका कारण मृत्यु भएको हो ।

उनी बिरामी भएपछि उपचारका लागि एक साता अघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेको र उपचारका क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालमा पुगेपछि उनको स्वाब परीक्षण गरीएको र तीन दिन पछी आएको रिपोर्टमा कोरोना पुष्टि देखिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार अन्य कुनै रोग नभएका उनी गम्भीर अवस्थामा रहेको र आइसीयूमा राखेर उपचार भइरहेको थियो।

यससँगै नेपालमा कोरोना भइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

images
प्रकाशित मिति :श्रावण ७, २०७७ बुधवार - १३:०७:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology