ललितपुर । बिहीबार ललितपुरमा २ जना कोरोना संक्रमित भेटिएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्ट गरेका हुन् ।
बिहीबार देखिएका संक्रमितमा ललितपुर महानगरपालिकाका ३१ र ३५ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
योसँगै ललितपुरमा हालसम्म ८६ जना कोरोना संक्रमित पुगेको छ, जसमध्ये महिला ३७ जना र पुरुष ४९ जना रहेका छन् ।
ललितपुरको बुंगमतीमा ५७ वर्षिय पुरुष र टीकाथलीमा ५० वर्षिय पुरुषको निधन भएको छ ।
