Logo

आइतवार, श्रावण २४ गते २०८३

images

विज्ञहरु भन्छन्, कोरोनाको जोखिम झन् बढ्यो, सकभर घरबाहिर ननिस्कनु

विज्ञहरु भन्छन्, कोरोनाको जोखिम झन् बढ्यो, सकभर घरबाहिर ननिस्कनु

दैनिकी न्यूज

१०, श्रावण २०७७
विज्ञहरु भन्छन्, कोरोनाको जोखिम झन् बढ्यो, सकभर घरबाहिर ननिस्कनु
images


काठमाडौं । कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेकाले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन विज्ञले सुझाएका छन् । छिमेकीमूलुक भारतमा समुदायस्तरमा सङ्क्रमण फैलिएको र नेपालमा पनि लकडाउन खुलेकाले सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै सर्वसाधरणलाई घर बाहिर ननिस्कन विज्ञहरुले आग्रह गरेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले लकडाउन खुलेसँगै सङ्क्रमणको जोखिम बढेको भन्दै झन् सतर्क हुनुपर्ने बताए ।

‘सङ्क्रमणको जोखिम झन् बढेको छ, सकभर कोही पनि बाहिर डिडुल गर्नु हुदैन’, उनले भने, ‘निस्कन परे मास्क लगाउने, सेनिटाइजर साथमै बोकेर लगाउन र भौतिक दुरी कायम गर्नुपर्छ, अझ सकिन्छ भने समय समयमा साबुन पानीले हात पनि धुनुपर्छ ।’
कोरोनाको संक्रमण बढ्न नदिन सरकारले चैत ११ गते गरेको लकडाउन यही साउन ७ गतेदेखि अन्त्य गरेको छ । लकडाउन खुलेसँगै उपत्यकामा सवारी साधन सञ्चालन भएका छन् भने मानिसको समेत भीडभाड बढेको छ ।

डा अधिकारीले भारतसँग सिमाना जोडिएका क्षेत्रमा सङ्क्रमित बढ्नु, भारतबाट अझै मानिसहरु नेपाल भित्रिरहेकाले जोखिम नघटेको बताए ।

‘अब सङ्क्रमण हुँदैन भनेर ढुक्क हुनुहुँदैन, साथीभाईलाई पनि सङ्क्रमण हुनसक्दछ, त्यसैले भौतिक दुरी कायम गरौं । भारत लगायतका देशबाट भित्रिने संख्या बढेको छ सजग रहनुपर्छ,’ डा. अधिकारीले थपे ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा. सागरराज भण्डारीले पनि उपत्यकामा भीडभाड बढेकाले सङ्क्रमणको जोखिम रहेको बताए । उनले उपत्यकामा विदेशबाट आउने र लकडाउनमा बाहिर गएका मानिस पनि भित्रिन थालेकोले सङ्क्रमण बढ्ने खतरा रहेको बताए ।

images
प्रकाशित मिति :श्रावण १०, २०७७ शनिवार - २०:३१:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology