Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरमा एकै परिवारका ६ जना कोरोनाबाट संक्रमित

ललितपुरमा एकै परिवारका ६ जना कोरोनाबाट संक्रमित

दैनिकी न्यूज

१२, श्रावण २०७७
ललितपुरमा एकै परिवारका ६ जना कोरोनाबाट संक्रमित
images

ललितपुर । ललितपुरमा तीनजना बालबालिकासँगै एकैघरका ६ जनामा कोरोना संक्रमण भएको छ । साउन ६ गते ललितपुर महानगरपालिका १४ थसिखेलकी एक महिलामा संक्रमण देखिएको थियो । उनको सम्पर्कमा आएका परिवारमा परीक्षण गर्दा थप ५ जनामा समेत संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । संक्रमित ६७ वर्षीया महिला पर्सास्थित वीरगन्जबाट दुईहप्ताअघिमात्रै काठमाडौं आएकी थिइन । उनलाई संक्रमण पुष्टि भएपछि सुरुमा ४४ वर्षीय छोरामा परीक्षण गरिएको थियो ।

साउन १० गते आएको उनको रिपोर्ट पनि कोरोना पोजिटिभ रहेपछि परिवारका वाँकी सदस्यको परीक्षण गराइएको थियो । सोमबार आएको रिपोर्टमा परिवारका अन्य ४ सदस्यमा पनि कोरोना संक्रमण देखिएको स्रोतले दैनिकीन्युजलाई जनाएको हो ।

सोमबार कोरोना पुष्टि हुनेमा ३९ वर्षीया महिला, १० वर्षीया बालिका, ५ र २ वर्षीय बालक रहेका छन् । कोरोना संक्रमण देखिएकी ३९ वर्षीया महिला पाठेघरको क्यान्सर भएको ललितपुर महानगरपालिकाका फोकल पर्सन देवी गुरुङले बताइन । गुरुङले भनिन् ‘उहाँहरु एउटै परिवारको हो की होइन भन्ने एकिन भैरहेको छ ।’ 

अर्का कोरोना संक्रमित भने १ महिना अघि दुबईबाट फर्किएका २९ वर्षीय पुरुष रहेका छन् । गोदावरी नगरपालिका–११ चापागाउँका उनी चापागाउँस्थित साग्रिला क्वारेन्टाइनमा बसिरहेका थिए ।

 

images
प्रकाशित मिति :श्रावण १२, २०७७ सोमवार - २०:२२:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology