ललितपुर । मंगलबार ललितपुरमा ४ जनामा कोरोना संक्रमित भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमति प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।
मंगलबार देखिएका संक्रमितहरुमा गोदावरी नगरपालिका वडा नं. १२ ठेचो का १९ वर्षिय महिला र गोदावारी नगरपालिका, वडा नं. १ गोदामचौरका ३३ वर्षिय पुरुष रहेका छन् ।
त्यस्तै ललितपुर महानगरपालिका च्यासलका ४७ वर्षका महिलामा पनि कोरोना पोजिटिभ देखिएको रहेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । त्यस्तै सर्लाही घर भई इमाडोल बसी हाल पाटन हस्पिटलमा उपचार गराइराखेका ३५ वर्षिय पुरुषमा पनि कोरोना पोजिटिभ देखिएको छ ।
योसँगै ललितपुरमा हालसम्म ९८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुगेको छ, जसमध्ये महिला ४१ जना र पुरुष ५७ जना रहेका छन् । ललितपुरको बुंगमतीमा ५७ वर्षिय पुरुष र टीकाथलीमा ५० वर्षिय पुरुषको निधन भएको छ ।