Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरमा बिहीबार ७ जना कोरोना संक्रमित थपिए, को हुन् उनीहरु ?

ललितपुरमा बिहीबार ७ जना कोरोना संक्रमित थपिए, को हुन् उनीहरु ?

दैनिकी न्यूज

१५, श्रावण २०७७
ललितपुरमा बिहीबार ७ जना कोरोना संक्रमित थपिए, को हुन् उनीहरु ?
images

ललितपुर । बिहीबार ललितपुरका ७ जनामा कोरोना संक्रमित भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमति प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।

बिहीबार देखिएका संक्रमितहरु सबै ललितपुर महानगरपालिकाभित्र बसोबास गर्ने रहेका छन् । संक्रमितहरुमा ललितपुर महानगरपालिकाभित्र अस्थायी रुपमा बसोबास गर्ने ५२ वर्ष, २५ वर्ष, ३० को पुरुप र ३० वर्षको महिला रहेका छन् । त्यस्तै ललितपुर महानगरपालिकामा स्थायी रुपमा बसोबास गर्ने ५९ वर्षको पुरुष र ४९ वर्षको महिला रहेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको छ ।


योसँगै ललितपुरमा हालसम्म १०५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुगेको छ, जसमध्ये महिला ४३ जना र पुरुष ६२ जना रहेका छन् । यिनीहरुमध्ये ललितपुरको बुंगमतीमा ५७ वर्षिय पुरुष र टीकाथलीमा ५० वर्षिय पुरुषको निधन भएको छ ।

 

images
प्रकाशित मिति :श्रावण १५, २०७७ बिहिवार - २१:५०:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology