Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पाटन अस्पतालको आइसियूमा उपचाररत कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालको आइसियूमा उपचाररत कोरोना संक्रमितको मृत्यु

दैनिकी न्यूज

१६, श्रावण २०७७
पाटन  अस्पतालको आइसियूमा उपचाररत कोरोना संक्रमितको मृत्यु
images

 ललितपुर । पाटन अस्पतालमा एक  कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।  ६५ वर्षीया उनको शुक्रबार बिहान ९ :१५ बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले जानकारी दिएका छन्।

ललितपुर थसिखेल निवासी उनलाई साउन ६ गते पाटन अस्पतालको आइसियुमा भर्ना गरिएको थियो ।

हालसालै वीरगन्जबाट आएकी उनलाई स्टार अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पताल सारिएको थियो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ।

images
प्रकाशित मिति :श्रावण १६, २०७७ शुक्रवार - १४:५३:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology