Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पर्साका संघीय सांसदसहित ६४ जना कोरोना संक्रमित

पर्साका संघीय सांसदसहित ६४ जना कोरोना संक्रमित

दैनिकी न्यूज

१७, श्रावण २०७७
पर्साका संघीय सांसदसहित ६४ जना कोरोना संक्रमित
images

वीरगन्ज । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य प्रदीप यादव, स्वास्थ्यकर्मी सहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ६१ जना पुरूष र ३ जना महिला रहेका छन् ।


संक्रमित हुनेहरुमा १५ वर्षका बालकदेखि ६८ वर्षकी महिला रहेकी छन ।


नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिएअनुसार शुक्रबार राति संक्रमण पुष्टि भएका ६४ जना मध्ये प्रतिनिधी सभा सदस्य एक जना र नारायणी अस्पतालका २ जना स्वास्थ्यकर्मी रहेका छन् ।

यस्तै मास ट्रेसिङमा पिसिआर जाँच गराएका ४५ जना, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका १०, कन्ट्याक्ट ट्रेसिङमा परेका ४ जना, प्रतिनिधी सभा सदस्यका चालक र अङ्गरक्षक १/१ जना रहेको मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिए ।

images
प्रकाशित मिति :श्रावण १७, २०७७ शनिवार - ०७:१६:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology