Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कोरोना भ्याक्सिन लगाउन सुरु, यी ठाउँमा हुँदैछ सुरु

कोरोना भ्याक्सिन लगाउन सुरु, यी ठाउँमा हुँदैछ सुरु

दैनिकी न्यूज

१७, मंसिर २०७७
कोरोना भ्याक्सिन लगाउन सुरु, यी ठाउँमा हुँदैछ सुरु
images

एजेन्सी । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले अर्को सातादेखि कोरोना खोप प्रयोग गर्न निर्देशन दिएका छन् । रुसी मिडियाहरु रसिया टुडे र स्पुटनिकले राष्ट्रपति पुटिनले बुधबार अर्को सातादेखि मास भ्याक्सिनेसन सुरु गर्न निर्देशन दिएको जनाएका हुन् । पहिलो चरणमा स्वास्थ्य कर्मचारी र शिक्षकहरलाई खोप लगाइने रसिया टुडेले जनाएको छ । रुसको फर्मास्युटिकल उद्योगहरुले ठूलो संख्यामा खोप लगाउनका लागि तयारी अवस्था रहेको रुसी सञ्चारमाध्यमहरुले जनाएका छन् । रुसमा कोरोना विरुद्धको खोप निःशुल्क लगाइने बताइएको छ । गत अगस्टमा रुस कोरोना विरुद्धको खोप दर्ता गराउने पहिलो राष्ट्र बनेको थियो । उक्त खोपको नाम स्पुटनिक-५ दिइएको छ । बुधबार मात्रै बेलायतले फाइजर र बायोएनटेकले बनाएको कोरोनाविरुद्धको खोपको आपत्कालीन प्रयोग अनुमति दिएको थियो । बेलायती नियमनकारी निकाय मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी(एमएचआरए) ले फाइजरको खोप सुरक्षित रहेको भन्दै प्रयोगको अनुमति दिएको हो

images
प्रकाशित मिति :मंसिर १७, २०७७ बुधवार - २१:४४:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology