Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

टीकाको दोस्रो दिन पनि आफन्तकहाँ पुगेर आशीर्वाद लिने क्रम जारी

टीकाको दोस्रो दिन पनि आफन्तकहाँ पुगेर आशीर्वाद लिने क्रम जारी

दैनिकी न्यूज

६, कार्तिक २०८३
टीकाको दोस्रो दिन पनि आफन्तकहाँ पुगेर आशीर्वाद लिने क्रम जारी
images

काठमाडौँ । बडादसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने क्रम जारी रहेको छ ।

विजयादशमीका दिन घरपरिवारका सदस्यसँग टीका लगाएपछि दोस्रो दिनदेखि टाढा रहेका आफन्त र मान्यजनकहाँ पुगेर टीका लगाउने तथा आशीर्वाद लिने प्रचलन छ । दसैँको अवसरमा आफन्तसँग भेटघाट गर्ने र पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने परम्पराले पनि यस पर्वको महत्त्व बढाएको छ ।

नेपालमा दसैँको टीका लगाउने चलन स्थानअनुसार फरक छ । कतिपय ठाउँमा विजयादशमीका दिन मात्रै टीका लगाउने गरिन्छ भने धेरै स्थानमा कोजाग्रत पूर्णिमासम्म टीका लगाएर आशीर्वाद लिने परम्परा छ ।

images
प्रकाशित मिति :कार्तिक ६, २०८३ बिहिवार - ०९:००:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology