Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरमा पनि केपी ओली समूह अल्पमतमा !

ललितपुरमा पनि केपी ओली समूह अल्पमतमा !

केशव घिमिरे

८, पौष २०७७
ललितपुरमा पनि केपी ओली समूह अल्पमतमा !
images

ललितपुर । केन्द्रमा अल्पमतमा परेको नेकपा केपी ओली समूह ललितपुरमा पनि अल्पमतमा परेको छ । ललितपुरमा प्रचण्ड- नेपाल पक्षमा दुईतिहाइ बढी जिल्ला सदस्य देखिएको एक नेताले जानकारी दिए ।

ललितपुरमा १ सय ५५ सदस्यीय जिल्ला कमिटी छ, जसमा प्रचण्ड- नेपाल पक्षमा १ सय १३ जना रहेको ती नेताले दाबी गरे । 'ललितपुरमा हाम्रो पक्षमा १ सय १३ जना हुनुहुन्छ', ती नेताले भने, मंगलबार गरिएको भेलामा त्यति संख्या देखिएको छ, त्यो अझै बढ्छ ।' सोमबार प्रधानमन्त्री केपी ओली समुहले ललितपुरको भेला राखेपछि मंगलबार प्रचण्ड- नेपाल पक्षले पनि भेला राखेको ती नेताले बताए ।

केन्द्रमा ३ सय १५ केन्द्रिय सदस्य प्रचण्ड-नेपाल पक्षमा देखिएका छन् । केन्द्रमा ओली पक्षमा अल्पमत भएको बेला ललितपुरमा पनि त्यसको असर देखिएको विश्लेषण हुन थालेको छ । यसैबीच केही जिल्ला सदस्य भने कुनै समुहमा पनि नलाग्ने घोषणा गरेका छन् ।

images
प्रकाशित मिति :पौष ८, २०७७ बुधवार - १३:२०:२१ बजे

 

केशव घिमिरे

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology