Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर ४३ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ४३ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२६, जेठ २०७८
आज देशभर ४३ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा ४३ सय ४४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले सो जानकारी दिएका हुन ।

आज थपिएकामध्ये काठमाडौं उपत्यकाका ९१५ रहेका छन् । जसमा काठमाडौंमा ६७९, भक्तपुरमा ८१ र ललितपुरमा १५१ जनालाई पोजेटिभ देखिएको छ ।

सक्रिय संक्रमितको संख्या घट्दै गएको छ, अहिले ८० हजार ३३६ जना संक्रमित आइसोलेसनमा छन् ।

पछिल्लो २४ घण्टामा १२ हजार ७४ पीसीआर र ४५६८ जनाको एन्टीजेन परीक्षण भएको छ । जसमा पीसीआरमा ३४४९ र एन्टीजेनमा ८९५ जनालाई पोजेटिभ देखिएको छ ।

images
प्रकाशित मिति :जेठ २६, २०७८ बुधवार - १९:१९:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology