काठमाडौं । पछिल्लो २४ घण्टामा ३७ सय ५० जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ५२ सय २५३ निको भएका छन् ।
आज थपिएकासँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या ६ लाख ४ हजार ३९६ पुगेको छ । जसमध्ये ५ लाख २० हजार ८१६ जना निको भएका छन् भने ८३ सय ५ जनाको मृत्यु भएको छ ।
आज थपिकामध्ये काठमाडौं उपत्यकाका ११ सय ४० जना रहेका छन् । काठमाडौंमा ९२१, भक्तपुरमा ५६ र ललितपुरमा १६३ जनालाई पोजेटिभ देखिएको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार ५९८ र ५ हजार ५८४ जनाको एन्टीजेन परीक्षण भएको छ । मन्त्रालयका अनुसार यो अवधिमा ६७ जना संक्रमितको मृत्यु भएको छ ।