Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज देशभर ३३ सय ८४ जनालाई कोरोना संक्रमण पुष्टि

आज देशभर ३३ सय ८४ जनालाई कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२९, जेठ २०७८
आज देशभर ३३ सय ८४ जनालाई कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । नेपालमा आज देशभर ३३ सय ८४ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ६ हजार २९५ जना संक्रमणमुक्त भएका छन् भने ६१ संक्रमितको मृत्यु भएको छ ।अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ३ सय ६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ५०६ पीसीआर र ५९८८ जनाको एन्टीजेन परीक्षण भएको छ । काठमाडौं उपत्यकामा ५ सय ९८ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौमा ३ सय ९१, लतिलपुरमा १ सय ३० र भक्तपुरमा ७७ गरी ५ सय ९८ जनामा कोरोना पुष्टि भएको छ ।

आज थप ६२ सय ९५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ५ लाख २७ हजार १११ पुगेको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ २९, २०७८ शनिवार - १९:१३:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology