Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज देशभर २७ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २७ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

४, आषाढ २०७८
आज देशभर २७ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा २७ सय ६८ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४०२० जना संक्रमणमुक्त भएका छन् भने ४४ संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ७५ सय ६९ पीसीआर र ४४ सय ६८ जनाको एन्टीजेन गरि जम्मा १३ हजार ३७ परीक्षण भएको छ । जसमा पीसीआरमा १९६३ र एन्टीजेनमा ८०५ जनालाई पोजेटिभ देखिएको छ ।

नेपालमा हालसम्म ६ लाख १७ हजार ९४७ जनालाई संक्रमण पुष्टि भएकोमा ५ लाख ४९ हजार ६८२ जना निको भएका छन् भने ८ हजार ६४१ जनाको मृत्यु भएको छ । अहिले ५९ हजार ६२४ जना सक्रिय संक्रमित छन् ।

images
प्रकाशित मिति :आषाढ ४, २०७८ शुक्रवार - १७:२८:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology