Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर २४ सय ४२ जनालाई कोरोना संक्रमण पुष्टि

आज देशभर २४ सय ४२ जनालाई कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

६, आषाढ २०७८
आज देशभर २४ सय ४२ जनालाई कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा २४ सय ४२ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।कृष्ण पौडेलका अनुसार सोही अवधिमा ३४५६ जना संक्रमणमुक्त भएका छन् भने ५१ संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ६७७ पीसीआर र ४ हजार २४९ जनाको एन्टीजेन गरि जम्मा १० हजार ९५६ परीक्षण भएको छ । जसमा पीसीआरमा १४२१ र एन्टीजेनमा १०२१ जनालाई पोजेटिभ देखिएको छ ।

नेपालमा हालसम्म ६ लाख ४७ हजार ६५१ जनालाई संक्रमण पुष्टि भएकोमा ५ लाख ५६ हजार ७९८ जना निको भएका छन् भने ८ हजार ७२६ जनाको मृत्यु भएको छ । अहिले ५५ हजार ५३७ जना सक्रिय संक्रमित छन् ।

images
प्रकाशित मिति :आषाढ ६, २०७८ आइतवार - १७:५२:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology