Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर २२ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २२ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

७, आषाढ २०७८
आज देशभर २२ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा २२ सय ९७ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३१३० जना संक्रमणमुक्त भएका छन् भने ४६ संक्रमितको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा ३७९ जनालाई कोरोना पोजेटिभ देखियो । काठमाडौंमा २८५, भक्तपुरमा ३३ र ललितपुरमा ६१ जनालाई संक्रमण पुष्टि भएको छ । अहिले काठमाडौं उपत्यकामा १० हजार २९२ सक्रिय संक्रमित छन् । काठमाडौंमा ५५ सय ११, भक्तपुरमा २०२२ र ललितपुरमा २६७९ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा ६ हजार ५८३ पीसीआर र ४३२१ जनाको एन्टीजेन गरि १० हजार ९०४ जनाको कोरोना परीक्षण भएकोमा पीसीआरमा १५८४ र एन्टीजेनमा ७१३ जनालाई पोजेटिभ देखिएको छ ।

यो सँगै नेपालमा ६ लाख ४९ हजार ९४८ जनालाई संक्रमण पुष्टि भएको छ जसमा ५ लाख ५९ हजार ९२८ जना निको भएका छन् भने ८ हजार ७७२ जना निको भएका छन् ।

images
प्रकाशित मिति :आषाढ ७, २०७८ सोमवार - २१:२३:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology