काठमाडौं । पछिल्लो २४ घण्टामा २४ सय ७६ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ५४ सय ५५ निको भएका छन् भने २७ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ९५ सय ८६ पीसीआर र ४७ सय ६५ जनाको एन्टीजेन गरि जम्मा १४ हजार ३५१ परीक्षण भएको छ । जसमा पीसीआरमा १७ सय २१ र एन्टीजेनमा ७५५ जनालाई पोजेटिभ देखिएको छ ।
अहिलेसम्म नेपालमा ६ लाख ६१ हजार ८४१ जनालाई कोरोना पुष्टि भएको छ जसमध्ये ५ लाख ७६ हजार ४१३ जना निको भएका छन् भने ८ हजार ९४५ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमितको संख्या ४५ हजार ७९४ रहेको छ।