Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

लकडाउन खुकुलो भएसँगै फेरि बढ्यो संक्रमण, आज देशभर २८ सय ९२ जनामा कोरोना पुष्टि

लकडाउन खुकुलो भएसँगै फेरि बढ्यो संक्रमण, आज देशभर २८ सय ९२ जनामा कोरोना पुष्टि

दैनिकी न्यूज

१६, आषाढ २०७८
लकडाउन खुकुलो भएसँगै फेरि बढ्यो संक्रमण, आज देशभर २८ सय ९२ जनामा कोरोना पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा २८ सय ९२ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो संख्या भनेको परीक्षण गरिएकोमध्ये पोजेटिभ देखिएको दर २६.३ प्रतिशत हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।कृष्ण पौडेलका अनुसार सोही अवधिमा ३५ सय ९७ जना निको भएका छन् । प्रवक्ता पौडेलले फेरि संक्रमण बढ्न थालेको भन्दै सावधानी अपनाउन सबैलाई अपील गरे ।

उनले बैशाख र जेठ महिनामा छुटेका गरि आज मन्त्रालयले ४१ जना मृतकको तथ्यांक सार्वजनिक गरे ।

अहिले देशभर ३३ हजार ५६१ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा ७१ सय ८७ पीसीआर र ४३ सय ८१ जनाको एन्टीजेन गरि जम्मा ११ हजार ५६८ जनाको कोरोना परीक्षण भएको छ । जसमा १८ सय ८९ पीसीआर र १००३ जनाको एन्टीजेनमा पोजेटिभ देखिएको छ ।

images
प्रकाशित मिति :आषाढ १६, २०७८ बुधवार - १८:०९:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology