काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २२ सय ९९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ६५ सय ६६ जनाको पीसीआर र ४ हजार ३० जनाको एन्टिजेन विधिबाट गरी जम्मा १० हजार ५९६ को कोरोना परीक्षण गर्दा २ हजार २९९ जनामा संक्रमण भेटिएको हो ।
संक्रमितमध्ये पीसीआर विधबाट १३ सय ९१ र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी गत २४ घण्टामा ३४ जना संक्रमितको ज्यान गएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६ लाख ४२ हजार ५३ पुगेको छ भने मृत्यु हुनेको संख्या ९ हजार १७९ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै गत २४ घण्टामा ३४ सय ५१ जना संक्रमित निको भएका छन् । हालसम्म ६ लाख ३ हजार ६ सय जना संक्रमित निको भइसकेका छन् ।
अहिले देशभर २९ हजार २७४ जना सक्रिय संक्रमित रहेका छन् ।